१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको असल साथी माओवादी हो : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन् ।

हिजो (बुधबार) यहाँ आयोजित कार्यक्रममा उनले राष्ट्रको एक मात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे ।

अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी बलियो बन्नुपर्ने अध्यक्ष दाहालले बताए ।

बलिदानी पूर्ण सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धिलाई सिध्याउन देशीविदेशी शक्ति लागिपरेको भन्दै उनले त्यसलाई जोगाउन युवाको खाँचो रहेको बताए । लडेर मात्र हक अधिकार प्राप्त र संस्थागत गर्न सकिने बताउँदै युवालाई सभ्य ढङ्गले प्रतिगामीसँग लड्न उनले आग्रह गरे ।

माओवादी र प्रचण्डलाई हराउन देशीविदेशी शक्ति लागेको भन्दै उनले त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । उनले भने, ‘प्रचण्डलाई हराउने भनेको परिवर्तनलाई सिध्याउने हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने नियत हो ।’ त्यसलाई कदापि पूरा हुन नदिनेसमेत उनको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २१० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस