६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनमा कलाकारको भूमिका अहम हुन्छ : मन्त्री आले

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा कलाकारहरुको अहम भूमिका रहेको बताएका छन् ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले सोमबार आयोजना गरेको १६औँ ब्लक–बस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा उनले कलाकारहरुले निर्माण गरेका नेपाली फिल्महरुका कारण हाम्रा पर्यटकीय क्षेत्रहरु देश विदेशमा चिनिएको बताए ।

उनले भने, ‘नेपाली कलाकारले निर्माण गरेका फिल्मका कारण हाम्रा देशका पर्यटकीय क्षेत्रहरु देश विदेशमा चिनिएका छन्, पर्यटन प्रवर्द्धन तथा कला संस्कृतिको जर्गेनामा कलाकारको अहम भूमिका छ ।’ कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि थला परेको नेपालको पर्यटन क्षेत्र अब नेपाली कलाकारले आफ्ना फिल्महरु निर्माण गरेर माथि उकास्न तथा प्रचार प्रसार गर्नसमेत मन्त्री आलेले सबै कलाकारमा आग्रह गरे।

उनले नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने खालका चलचित्र निर्माण गर्नसमेत आग्रह गरे । उनले भने, ‘निर्देशक साथीहरुले अहिलेसम्म निर्माण गरेका फिल्महरु नेपाल र यहाँका पर्यटकीय क्षेत्र चिनाउने खालका छन्, अझै पनि हाम्रा कला संस्कृति चिनाउने फिल्महरु निर्माण गर्नुस्, मैले गर्न सक्ने सहयोग गर्नेछु ।’

नेपालका हिमालमा चलचित्र निर्माणदेखि लिएर यहाँका पर्यटकीय क्षेत्रमा निर्माण गरिने चलचित्रहरुमा राजस्व बढी लाग्ने गरेको भन्ने गुनासोसमेत आएकाले ती क्षेत्रहरु आफ्नै मन्त्रालयअन्तर्गत पर्ने भएकाले राजस्वमा केही कमी गर्नका लागि पहल गर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।

यसैगरी मन्त्री आलेले वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका पूजा शर्मालगायतका कलाकारले चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिएको र पर्यटन प्रवर्द्धनमा पनि राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरेका थिए ।

उक्त कार्यक्रममा वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका पूजा शर्मा, गायक पूर्ण सङ्गम जेठारा तथा चलचित्र क्षेत्रमा सहयोग गर्ने भक्तबहादुर आलेलगायतका कलाकार तथा स्रष्टाहरुलाई चलचित्र क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस