१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीको १७ उम्मेदवार विरुद्ध उजुरी

अ+ अ-

सर्लाही । सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ । सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका सातविरुद्ध उजुरी परेको हो ।

बागमती नगरपालिकामा चार उम्मेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए । बलराम दुई तथा लामबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक–एक उजुरी दर्ता भएका छन् । ती उजुरीमाथि बिहीबार साँझसम्म छानबिन गर्ने र दोषी प्रमाणित भए उम्मेदवारी रद्ध गरिने पियाले जानकारी दिए ।

बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बाग्मती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापाविरुद्ध उजुरी परेको हो । अन्य पालिकामा पनि विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थापाविरुद्ध प्रहरीको कारबाहीमा मारिएका कुमार पौडेलका बुबा खिलकराज पौडेलले उजुरी दिएका हुन् । पौडेल घटनामा मृतकका बुबाले दिएको किटानी जाहेरीमा थापाको नामसमेत भएको र सर्वोच्च अदालतले पनि छानबिन गर्न आदेश दिएको उल्लेख गरिएको छ । त्यस्तै सिंहविरुद्ध बेरुजु तिर्नुपर्ने र पेस्की फर्छ्यौट गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरको लेखा परीक्षण प्रतिवेदन अनुसार ११ करोड ८० लाख १८ हजार बेरुजु देखिएको र पाँच करोड ३६ लाख ८४ हजार असुल नै गर्नुपर्ने उल्लेख गरिएको छ । सिंह र अर्का एक जना वडाध्यक्ष विरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रंजितकुमार यादवले जानकारी दिए ।

वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा वैशाख १४ मा दाबी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ । यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् ।

जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए सो उम्मेदवारी पनि रद्द हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस