२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा विप्लवका विद्रोही नेताको भेला, एकताको आह्वान गर्दै नयाँ पार्टी घोषणा गर्ने तयारी

अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्रोही नेताहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् ।

भेला दुई, तीन दिन चल्ने र एकताको आह्वान गर्दै नयाँ पार्टी घोषणा गर्ने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । ‘एकताको आह्वान गर्दै नयाँ पार्टी बनाउँछौँ,’ उनले भने, ‘एकता गर्ने, बहस गर्ने कुरालाई खुल्ला राख्दै हामी संसदवादका विरुद्ध विद्रोह गर्छौँ ।’

पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निष्कासन गरेपछि विभाजन लगभग निश्चित नै भइसकेको थियो ।

चुनावको कुराले विप्लवहरू धेरै टाढा पुगेको र केन्द्रीय समिति बोलाएर छलफल गर्ने प्रस्ताव पनि अस्वीकार गरेको लोहनीले बताए। ‘चुनावको कुराले उहाँहरू केन्द्रीय समितिको निर्णयभन्दा धेरै टाढा पुग्नुभयो’ लोहनीले भने, ‘अर्कोतिर, धर्मेन्द्र र सुदर्शनलाई कारबाही गर्‍यौँ भन्नुभयो । केन्द्रीय समिति बैठक बोलाउनुहोस् न त छलफल गरौँ भन्ने कुरा राख्यौँ, उहाँहरूले मान्नु भएन । हामीलाई एकताको आह्वान गर्न पनि बोलाउनु भएन ।’

गत चैत दोस्रो साताबाट कपिलवस्तुको शिव गढीमा सुरु भएर एक हप्ताभन्दा बढी चलेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव लगेका थिए । तर उनको प्रस्ताव अल्पमतमा परेको थियो । विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केही केन्द्रीय सदस्य मात्रै चुनावको पक्षमा उभिँदा बहुमत पक्ष विपक्षमा थियो । त्यसपछि विप्लव चुनावबारे मध्यमार्गी नीति लिन बाध्य भएका थिए । चुनावमा प्रत्यक्ष भाग पनि नलिने र बहिस्कार पनि नगर्ने तथा जनपक्षीय उम्मेदवारलाई सहयोग गर्ने निर्णय बैठकबाट भएको थियो।

तर विप्लव र प्रकाण्डले काठमाडौंमा आएर पार्टी दर्ता गरेर चुनावमा जान खोजेपछि विवाद चर्कियो । चुनाव पक्षधर नेताहरू विप्लव र प्रकाण्डले आफूहरूलाई पनि चुनावमा पनि सहभागी गराउनुपर्ने भन्दै प्रधानमन्त्री लगायतसँग ‘लबिङ’ गरेका थिए । तर चुनावको विपक्षी रहेका नेताहरुले आफ्नो पार्टी चुनावको पक्षमा नरहेको भनेर नेताहरूलाई बुझाउन खोजेका थिए ।

१२ वैखामा धर्मेन्द्रले पार्टीको नीति विपरीत केन्द्रीय नेताहरूले नै चुनावमा उम्मेदवारी दिएको भन्दै त्यो फिर्ता लिन आह्वान गरेर विज्ञप्ति निकालेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

अहिले पनि बहुमत केन्द्रीय सदस्य चुनाव बहिस्कारको पक्षमा रहेको दाबी लोहनीको छ। ‘बहुमत साथीहरू अहिले पनि केन्द्रीय समितिको निर्णयभन्दा बाहिर जानु भएको छैन’ उनले भने, ‘अहिले पनि हामी चुनाव बहिस्कारको पक्षमा छौँ । पार्टी संसदवादमा गयो भन्नेमा एकमत छौँ । यो मतमा अहिले पनि हामी बहुमतमै छौँ ।’

राष्ट्रिय भेला नेकपाकै नामबाट हुने र त्यही भेलाबाट पार्टीको नयाँ नाम के हुने भन्नेबारे तय हुने लोहनीले जानकारी दिए ।