२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालक र सहचालकका लागि सचेतना अभियान

अ+ अ-

बनेपा । बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ बढुबेँसीमा भएको सवारी साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र सहचालकका लागि सचेतना अभियान थालेको छ ।

चालक र सहचालकको असावधानीका कारण हुने गरेको दुर्घटना न्यूनीकरणका लागि जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले चालक र सहचालकलाई सडकमै सचेत गराउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चक्रराज जोशीले बताए ।

सवारी चालक र सहचालक सचेत भएर सवारी चलाउन आग्रह गर्दै उनीहरुलाई तीव्र गति, अनावश्यकरूपमा उछिन्ने प्रवृत्ति र प्रतिस्पर्धा गरी सवारी चलाउने काम नगर्न सचेत गराइएको हो ।

जिल्लाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयले आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङमा सुरक्षा जाँचको कामलाई तीव्र पारेको छ । ‘एक छिनको तीव्र गतिको हँकाइका कारण अकालमा ज्यान जान सक्ने भएकाले हरेक यात्रुलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्‍याउनु मेरो जिम्मेवारी हो भन्ने चालकले सोचेर सवारी साधन चलाउन आवश्यक छ’, प्रहरी प्रमुख जोशीले भने ।

गतिलाई ध्यान दिनुस्, एउटा सवारीदेखि अर्को सवारीसाधनबीचमा रोक्ने बेलाको दूरीमा ध्यान दिँदै हतार नगरी चलाउनुस्, बुधबार भएको दुर्घटना पनि छिटो र हतारका कारण भएको भन्दै उनले हरेक चालक र सहचालकलाई ट्राफिक नियम पालना गर्न र यात्रुलाई गन्तव्यसम्म सुरक्षित तवरले पुर्‍याउने काममा जिम्मेवार बन्न आग्रह गरे ।

चालक तथा सहचालकलाई राजमार्गमा तीव्र गतिमा सवारी साधन नचलाउन, प्रतिस्पर्धा नगर्न, ओभरटेक नगर्न र धेरै लामो दूरीको सवारी साधन चलाउँदा ठाउँ–ठाउँमा रोकेर आराम गरेर मात्रै चलाउन जोड दिँदै प्रहरी प्रमुख जोशीले यस्तो भएको नपाइए कडा कारबाही गर्न मातहतका प्रहरी एकाइ र ट्राफिक प्रहरीलाई निर्देशन दिएको जानकारी दिए । सो घटनापछि जिल्लाका सबै क्षेत्रमा सवारी चालक र सहचालकलाई सचेत गराउन सुरक्षा जाँचको कामलाई तीव्रता दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले हरेक सवारी चालक र सहचालकलाई हतार नगरी चलाउन, सिटबेल्ट अनिवार्य प्रयोग गर्न आग्रह गर्दै यात्रुलाई पनि चालकले मादक पदार्थ सेवा गरी सवारी साधन चलाएको थाहा पाएमा ठाउँ–ठाउँमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरे ।

बुधवार भएको दुर्घटनाका विषयमा छानबिन गर्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिलवाल रहेको समिति गठन गरी घटनाका बारेमा थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

उक्त घटनामा परी पाँच जनाको मृत्यु हुनाका साथै १८ घाइते भएका थिए । घाइतेमध्ये १४ को धुलिखेल अस्पतालमा उपचारपश्चात् घर फर्किसकेको र चार जनाको अझै उपचार भइरहेको प्रहरीले जनाएको छ ।