२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न काँग्रेस जित्नुपर्छ: महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न काँग्रेसको जित आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका महामन्त्री थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन काँग्रेसले नेतृत्व गर्नुपर्ने खाँचो औँल्याए ।

प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली काँग्रेसको सङ्कल्प: प्रस्ताव र बहस’ विषयक कार्यक्रममा काँग्रेस महामन्त्री थापाले काँग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने बताए ।

उनले भने, ‘अबको पाँच वर्ष विगतको जस्तो हुन दिँदैनौँ । स्रोत साधनको दुरुपयोग हुन नदिन तथा सुशासन, पारदर्शिता अपनाउन मूलभूत ११ वटा मापदण्डका आधारमा स्थानीय संयन्त्र परिचालनको अवधारणा अघि सारिएको छ । यसले अबको पाँच वर्ष के गर्ने भन्ने प्रस्ट खाका तयार गरेको छ ।’

महामन्त्री थापाले संविधानको मौलिक हकमार्फत जनतामा गरेको वाचाको पूर्ण कार्यान्वयन गर्न काँग्रेसले स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित काँग्रेसले सङ्कल्प लिएको बताए ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले स्थानीय तह निर्वाचनको सङ्कल्प प्रस्ताव पार्टीको मार्गदर्शक हो भन्दै पार्टीले निष्पक्ष र प्रजातान्त्रिक पद्धतिको अवलम्बन गर्दै विचार अभिमत प्रकट गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
समाजका उपाध्यक्ष कूलचन्द्र वाग्लेले स्थानीय सरकारलाई सुशासन, पारदर्शी र जनमुखी बनाउन काँग्रेसको नेतृत्व अपरिहार्य भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षत्रय डा सुरेश आचार्य, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, पत्रकार रामजी दाहाल, नकुल अर्याल, नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का, मानवअधिकारकर्मी इन्द्र अर्याललगायतले संवैधानिक सर्वोच्चता, प्रेस स्वतन्त्रता, विधिको शासन र जनतालाई सुखी बनाउने सङ्कल्पलाई प्रभावकारी कार्यान्वयनको दिशामा काँग्रेस अग्रसर हुनुपर्नेमा जोड दिए ।