२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री

अ+ अ-

बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् ।

सत्ता गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको आरोप लगाएकी हुन् ।

ठुला–ठुला गफ भन्दा वास्तविक धरातलमा उभिएर देश सुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनुपर्ने उनले बताइन् ।

एमालेतर्फ लक्षित गर्दै झाँक्रीले पटक(पटक भोट हालेर नेतृत्वमा पुर्‍याउँदा पनि सुकुम्वासी, अव्यवस्थित बसोबास र आम नागरिकको समस्या ज्युँका त्युँ राख्ने दललाई चिन्ने बेला आएको बताइन् ।

गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरू परिवर्तनकारी हुन नसक्ने उनको भनाइ थियो । ‘प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनका लागि काम गर्न सक्दैन’ उनले भनिन् । गठबन्धनको सरकार राजनीतिक स्थायित्व र प्रणालीको स्थायित्वको पक्षमा रहेको उनको भनाइ थियो ।