२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले दिएको मतको सम्मान गर्छौँ : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै काँग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने बताएका हुन् ।

‘नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी हो, पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनताको जनतमको अपमान गरेको छ, काँग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,’– उनले भने।

महामन्त्री थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमासमेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौँको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताए ।

‘पाँच वर्षमा काठमाडौँ महानगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा एमालेसँग छैन,’– उनले भने । उनले एक पटक काँग्रेसलाई अवसर दिनसमेत आम काठमाडौँका मतदातासँग आग्रह गरे ।

गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले काँग्रेसले काठमाडौँ महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताउँदै काठमाडौँको विकासका लागि आफूलाई मतदान गर्न सबैलाई आग्रह समेत गरिन् ।

‘म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौँ महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाईँको मतको अपमान हुन दिन्न,’– उनले भनिन । टोलवासीको सुख दुःखमा आफू लाग्नेसमेत उनको भनाइ छ ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगर बासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताइन् । काँग्रेस काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार मुकुन्द रिजालले काठमाडौँको विकासका लागि काँग्रेसले महिला उम्मेदवारलाई अगाडि सारेको बताइन् । ‘सिर्जना सिंह पार्टीको मात्र उम्मेदवार होइन, आम कार्यकर्ताकोसमेत उम्मेदवार हुनुहुन्छ,’– उनले भनिन ।