२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुरलाई नमुना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमुना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा कीर्तिपुरवासीका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अत्यन्त न्यून शुल्कमा शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नकर्मीले भने, ‘म उम्मेदवार बन्दै गर्दा किर्तिपुर नगरपालिकाका सबै वडामा स्वास्थ्य, खानेपानीको लागि ‘एक घर एक धारा’ को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

देशका विभिन्न स्थानीय तहमा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरुबीच गठबन्धन भए पनि कीर्तिपुरमा काँग्रेस र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवार तथा अन्य पार्टीले भने एक्ला–एक्लै उम्मेदवारी दिएका छन् ।

काँग्रेस र जसपा संयुक्त प्यानलका उपप्रमुखका उम्मेदवार शुभलक्ष्मी शाक्यले नगरपालिकाभित्र सञ्चालित किर्तिपुर अस्पताल र विष्णुदेवी अस्पतालको सतरोन्नती तथा त्रिभुवन विश्वविद्यालय हाताभित्र सञ्चालित आयुर्वेद अस्पतालमा विशेष छुट को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘प्रत्येक वडामा सम्भव भएसम्म खेल मैदान वा कभर्ड हलको निर्माणमा विशेष पहल गर्नुका साथै नगरक्षेत्रमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान गरी उनीहरुको प्रोत्साहनका लागि उच्च सम्मान गर्ने व्यवस्था मिलाइनेछ ।’