काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) बिहान ४ बजेसम्म घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको आचारसंहिता अनुगमन समितिको बैठकले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको हो ।
घरबाहिर निस्किनै परेको अवस्थामा सुरक्षा निकायलाई पूर्व जानकारी दिई अनुमति लिएर मात्रै निस्किन पनि आग्रह गरेको छ ।
आज राति ८ बजेबाट घर बाहिर निस्किनेलाई सुरक्षा निकायबाट कडाइका साथ सुरक्षा जाँच गर्न पनि निर्देशन दिइएको छ ।







