२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनको समीक्षा गर्नेछौँ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले गरेको प्रदर्शनका विषयमा पार्टीभित्र समीक्षा गर्ने बताएका छन् ।

आज (मंगलबार) २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन् ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए ।

उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको बताए ।

‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौँ । गठबन्धनको पनि समीक्षा हामी गर्नेछौँ, नेपालले भने, समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटि गर्‍यौँ र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला ।’

स्थानीय तहमा ५ सय सदस्य, एक सय वडा अध्यक्ष जित्ने स्थितिमा पार्टी पुगेको नेपालको भनाइ थियो । उनले झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको बताए ।

‘कतिपय ठाउँमा राम्रै अवस्था पनि छ । अझै पनि कतिपय ठाउँमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यले हामीसँग सहकार्य गर्न चाहेनन् । हाम्रा आफ्नै कुराहरु होलान् । अरुका आफ्नै गुनासा होलान् । जे सुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ । यो पार्टीलाई जनताको माझमा क्रियाशील गर्नुपर्ने छ,’ उनले भने ।

नेपाले पार्टीलाई वैचारिक रुपमा दह्रो बनाउनुपर्ने बताए । पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशील गराउन नेता, कार्यकर्ताहरूलाई उनको आग्रह थियो ।