१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग टु : त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज अमेरिकासँग भिड्दै नेपाल

अ+ अ-

काठमाडौँ । अमेरिकामा भइरहेको आइसिसी क्रिकेट विश्वकप लिग टु त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

अघिल्लो खेलमा मंगलबार राति ओमानलाई ७ विकेटले पराजित गरेर मनोबल उच्च बनाएको नेपाल घरेलु टोलीलाई हराएर शृंखलामा सुखद अन्त्य गर्ने योजनामा छ ।

शृंखलामा नेपाल र अमेरिकाको अघिल्लो खेल नाटकीय रूपमा बराबरीमा सकिँदा दुवै टोलीले एक-एक अङ्क लिएका थिए ।

आजको खेलमा भने नेपाल र अमेरिका दुवै जितसहित शृंखला सकाउन चाहन्छ । शृंखलामा नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसपछि अमेरिकासँग बराबरी खेलेको नेपालले पछिल्लो खेलमा ओमानमाथि ७ विकेटको जित निकालेको थियो ।

उता अमेरिकाले पहिलो खेलमा ओमानलाई ११४ रनले हराएर शानदार सुरुआत गरेपछि त्यसपछिको खेलमा भने नतिजा ल्याउन सकेको छैन । दोस्रो खेलमा नेपालसँग बराबरी खेल्दा ओमानसँग अर्को खेलमा १३ रनले पराजित भएको थियो ।

लिग टु मा सबै ३६ खेल खेलिसकेको ओमान ४४ अङ्कसहित शीर्ष स्थानमा छ र कम्तीमा लिग सकिँदा शीर्ष तीनमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

अमेरिका २३ खेलबाट २१ अङ्कसहित नेपालभन्दा अघि अर्थात् चौथो स्थानमा छ । १५ खेलबाट उति नै अङ्क जोडेर नेपाल पाँचौँ स्थानमा छ ।

चौथो शृंखला खेलिरहेको नेपालले अझै पाँच शृंखला खेल्न बाँकी छ र अर्को महिला स्कटल्याण्ड र नामिबियासँग शृंखला खेल्ने स्कटल्याण्ड जाने तालिका छ ।

त्यसअघि नेपालको लागि अमेरिकासँगको अन्तिम खेलमा आफूलाई अझै सुधार गर्ने अवसर पनि छ ।

लिग टु मा नेपालले अमेरिकासँग अहिलेसम्म ५ खेल खेल्दा नेपाल हाबी भएको छ । नेपालले सुरको तीन खेल जितेको थियो । त्यसपछि अमेरिकाले नेपाललाई एक खेलमा हरायो । पछिल्लो खेल भने बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस