७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुल्क बुझाउन आग्रह

लाङ्टाङ निकुञ्जको डढेलो नियन्त्रण
अ+ अ-

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले चालु आवमा बुझाउनुपर्ने अवतरण बापतको शुल्क समयमै दाखिला गर्न सम्बन्धित हेली कम्पनीहरूलाई आग्रह गरेको छ ।

धार्मिक क्षेत्र गोसाइँकुण्डलगायत निकुञ्जका विभिन्न स्थानमा हेलिकप्टर अवतरण गराउने कम्पनीले लामो समयदेखि नियमानुसार लाग्ने शुल्क नबुझाएका कारण निकुञ्ज कार्यालयले ताकेता गरेको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हेलिकप्टर अवतरण गराए बापतको शुल्क समयमा बुझाउन केही हेलिकप्टर कम्पनीले आलटाल गरेको पाइएकाले पटक पटक ताकेता गरिएको छ ।

उनले भने, ‘सरकारले जारी गरेको नियम कानुन सबैले बुझेकै हुन्छ अन्य निकायको राजश्व असुलीमा बोल्नै पर्दैन तर हेलिकप्टर सञ्चालक कम्पनीले मात्र आलटाल गरेको पाइएको छ ।’

नियमानुसार प्रतिउडान रु तीन हजारका दरले अवतरण बापतको शुल्क यही असार २५ गतेभित्र दाखिला गरी राजश्व असुली कार्यमा सहयोग गरिदिन हेलिकप्टर कम्पनीलाई धेरै पटक आग्रह गरिएको समेत निकुञ्ज कार्यालयले जनाएको छ ।

लाङटाङ निकुञ्जको आधार इलाकामा उडान भर्ने कम्पनीमध्ये हालसम्म सिम्रिक, अल्टिच्युट, मनाङ, फिस्टेफ एयर कम्पनीबाट मात्र अवतरण शुल्क बापतको रकम राजश्वमा दाखिला भएको बताइएको छ ।

निकुञ्जको भूभागमा उडान भर्नु पूर्व सम्बन्धित जिल्लाको निकुञ्ज प्रशासकलाई जानकारी गराउनुपर्ने प्रावधानलाई कार्यान्वयन गर्दै आगामी दिनमा सूचना दिने कार्यमा सहयोग गरिदिन समेत हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गर्दै प्रमुख संरक्षण अधिकृत भट्टराईले पूर्व जानकारी बेगर उडान भर्दा लाग्ने शुल्कको अतिरिक्त दस्तुर बराबरकै जरिवाना तिर्नुपर्ने कानुनी प्रावधान रहेको पनि जानकारी गराए ।

लाङटाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा उडान भर्ने १० वटा हेलिकप्टर कम्पनी रहेको बताइएको छ ।

यस्तै लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गतको जैविक विविधता संरक्षण कार्य प्रभावकारी तुल्याउन मातहतका समूहसँग परामर्श गरेको छ ।

संरक्षणका लागि गठन भएका मध्यवर्ती क्षेत्र अन्तर्गतका पदाधिकारी, वन सुरक्षामा कार्यरत नेपाली सेना एवं निकुञ्ज प्राविधिकबीच भएको अन्तर संवादबाट चोरी सिकारी पूर्णरूपमा नियन्त्रण गराउने, बालीनाली नोक्सानमा मानव र वन्यजन्तु बीचको द्वन्द्वलाई न्यूनीकरण गराउन उपयुक्त कदम चाल्ने, वन पैदावारको व्ययभारमा क्रमशः न्यूनीकरण गर्दै जाने जस्ता विषयमा छलफल भएको थियो ।

निकुञ्जअन्तर्गत रसुवा, नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लाका पदाधिकारी, संरक्षण सुरक्षामा तैनाथ नेपाली सेनाका प्रतिनिधि समेतको सहभागितामा भएको अन्तर संवादले जैविक विविधता संरक्षणमा थप मद्दत पुग्ने निकुञ्जका सहायक संरक्षण अधिकृत भुपेन्द्र यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस