१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघ र प्रदेशको चुनावमा काँग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने प्रचण्डको दावी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावमा काँग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् ।

पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै काँग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए ।

उनले भने, ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ । मैले नेपाली काँग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’

उनले यसमा गडबड हुन नदिने कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरे । ‘कम्तीमा (गठबन्धनको) नेतृत्व तहमा राम्रो समझदारी छ, यसमा ढुक्क हुनुहोस्’ उनले भने, ‘गडबड हुन दिइँदैन यो पटक । स्थानीय तहमा जस्तो हुन दिइँदैन ।’

यसरी जाँदा एक पटक देशको बागडोर माओवादीको हातमा आउने भन्दै प्रचण्डले त्यतिबेला पछिसम्म सम्झने गरी काम गर्ने बताए । संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने बताए ।

‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौँलाई टिकट वितरण गर्दा अनेक समस्या आए । प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरिहेरि टिकट बाँड्न पाइन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस