११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादित लुम्बिनी प्रादेशिक अस्पताललाई औँल्याइएका बुँदाहरू सच्याउन पुनः ध्यानाकर्षण 

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश पूर्वाधार विकाश प्राधिकरणलाई योग्यताका आधारहरू सच्याउन निर्देशन दिइएको छ । ५ अर्ब रुपैयाँ लागतमा भवन निर्माणको लागि आह्वान गरेको ठेक्कामा स्पेसिफिकेसनमा नै सेटिङ भएको खुलासापछि एक पटक रद्द भई सकेको ठेक्कामा पुनः मिलेमतोको प्रयास भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ३ वटा बुँदा सच्याउन ध्यानाकर्षण गराएकोमा प्राधिकरणले उल्टै कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएसँगै पुनः सच्याउन भनेको हो । 

पत्रमार्फत दिइएको जवाफ चित्त बुझ्दो नभएको तथा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई नै ध्यानाकर्षण गराइएका विषयहरू प्रतिकुल भएको भन्दै ध्यानाकर्षण भएका विषय सच्याउन पुनः ध्यानाकर्षण गराएको हो । 

‘पत्रमा उठाइएका सवालहरूको सम्बन्धमा त्यहाँ कार्यालयको उपरोक्त पत्रहरूमार्फत दिइएको जवाफ चित्त बुझ्दो नभएको तथा यस कार्यालयमाथि उल्लेखित पत्रहरूमार्फत ध्यानाकर्षण गराइएका विषयहरूसँग सम्बन्धित काम कारबाहीहरू सार्वजनिक खरिद मने २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको नमुना बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्रावधानहरूको प्रतिकुल देखिएको हुँदा ध्यानाकर्षण गराइएका विषयहरू सच्याई थप कारबाही अगाडी बढाउन तथा सो को जानकारी यस कार्यालयलाई  उपलब्ध गराउनका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ६५ को उपदफा २(क) बमोजिम मिति २०७९ साउन ३१ गतेको सचिव स्तरीय निर्णय अनुसार ध्यानाकर्षण भएको ब्यहोरा जानकारी गराइन्छ’ पत्रमा भनिएको छ । 

विवादित लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया अघि नबढाउन अदालतले अन्तरिम आदेश गरेसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएको थियो । 

सम्बन्धित समाचार : लुम्बिनी अस्पताल ठेक्का प्रकरण: अदालतको आदेशपछि पूर्वाधार प्राधिकरणले पठायो सार्वजनिक खरिद अनुगमनलाई ध्यानाकर्षण पत्र

दुई निर्माण कम्पनीबाहेक अरूले प्रतिस्पर्धा नै गर्न नपाउने गरी स्पेसिफिकेसन बनाएर ‘सेटिङ’ मिलाइएको टेन्डरमा आर्थिक चलखेलको आशङ्का गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रादेशिक पूर्वाधार विकास प्राधिकरणलाई सचेत गराएसँगै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेन्डर रद्द गरिएको थियो । 

सम्बन्धित समाचार : खरिद अनुगमनको खबरदारी पछि प्रादेशिक अस्पताल भवनको टेन्डर रद्द

प्रतिक्रिया दिनुहोस