२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसरी भागे विमानस्थलको भीआईपी कक्षबाटै अभियुक्त ?

अ+ अ-

काठमाडौँ । ठगी आरोपमा फरार एक अभियुक्त संयुक्त अरब इमिरेट्स (दुबई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरी भीआईपी कक्षबाटै भागेका छन् ।

ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार भीआईपी कक्षबाट भागेका हुन् ।

उनी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँगै दुबईबाट आएका थिए । अन्सारीले भीआईपी कक्ष प्रयोग गरे ।

नीसँगै आएका आलम पनि भीआईपी कक्षतर्फ लागे । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्‍यो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका हुन् ।

अन्सारीसँगै राहदानी जाँच नगराई आलम भीआईपी कक्षमा प्रवेश गरेका थिए । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले आलम भीआईपी कक्षबाट भागेर सम्पर्कविहीन भएको पुष्टि गरे । उनले भने, ‘अध्यागमन कक्षमा अन्सारीसँगै आएका रिजवान आलमको रेकर्ड हेर्दा कालोसूचीमा परेको भेटिएपछि हामी उनको खोजीमा जुट्यौं तर त्यसअगावै उनी भीआईपी कक्षबाट भागे, उनको खोजी भइरहेको छ ।’

आलमको खोजी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको छ । आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर उक्त रकम लिएका थिए । तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले २०७८ चैत १० मा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राखेर निगरानी गर्न आग्रह गरेको थियो ।

त्यसपछि गत चैत २७ मा काठमाडौँ जिल्ला अदालतले आलमसहितका आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसबारे निगरानी भइरहेका बेला शुक्रबार आलम दुबईबाट आएर विमानस्थलबाटै भागेका हुन् ।