२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विकास बैङ्क चार करोड घोटालामा सहायक रथी विष्ट र कर्मचारी रेग्मी दोषी ठहर

अ+ अ-

काठमाडौँ । कृषि विकास बैङ्क न्युरोड शाखाको चार करोड रकम घोटाला भएको घटनामा नेपाली सेनाका पूर्वसहायक रथी रमेश विष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई दोषी ठहर भएका छन्।

सोमबार विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरू दुई जनालाई कैद र बिगोबमोजिम जरिवाना सुनाएको सूचना अधिकारी नारदमुनि भट्टराईले जानकारी दिए।

विष्ट वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी डाक्टर थिए।

उनलाई अदालतले चार वर्ष कैद सुनाएको हो। दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सुनाएको छ।

यस्तै रेग्मीको बिगो रकम तीन करोड ९२ लाख ४४ हजार ७४७ रुपैयाँ र रमेशको बिगो रकम ३१ लाख ६८ हजार ८६४ छ। उनीहरूलाई बिगो बमोजिम जरिवाना पनि तिराउन इजलासले भनेको छ।

२०७४ सालमा कृषि विकास बैङ्क न्युरोड शाखाको ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो। सुरमा बैंककी कर्मचारी रेग्मी पक्राउ परेकी थिइन्।

उनी पक्राउ परेपछि विष्ट यस घटनामा मुछिएका थिए।

बैङ्कमा कार्यरत सहायक टेलर रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले चेकमार्फत कृषि विकास बैङ्कमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (इसिसी) मार्फत सम्बन्धित व्यक्ति वा संस्थाको खातामा जम्मा गरिदिने र भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः इसिसीमार्फत् कृषि विकास बैङ्कमा रहेको सहायक रथी विष्ट लगायतका खातामा हालिदिने गरेको अनुसन्धानबाट खुल्न आएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घटनामा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।