१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ उम्मेदवारविरुद्ध आयोगमा उजुरी (सूचीसहित)

अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

यसरी उजुरी पर्ने समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि सरकारी लाभको पदमा बसेर बन्दसूचीमा रहेका अन्य उम्मेदवार समेत रहेका छन् । कतिपय उम्मेदवारले आफैले पनि आफू जुन विषय अन्तर्गतको बन्दसूचीमा हुनुपर्थ्यो त्यसमा नभएर अर्कै सूचीमा समावेश भएको भन्दै सो अनुसार कायम गरिदिन निवेदन दर्ता गराएका छन् ।

समानुपातिकतर्फका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आयोगले यही कात्तिक ५ गतेसम्म छानबिन गर्ने र उजुरी सही ठहरिएमा उम्मेदवारी रद्द गर्ने आयोगका सहन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । आयोगले उजुरी परेका उम्मेदवारहरूमाथि अनुसन्धान गरी कात्तिक ९ गते अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ । आयोगले असोज २९ गतेसम्म समानुपातिकतर्फका उम्मेदवार विरुद्ध उजुरी मागेको थियो ।

उजुरीमाथि जाँचबुझ गर्दा खारेज हुने प्रकृतिको भएमा उम्मेदवारी खारेज हुने उनले बताए ।

नेपाली काँग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार परियारविरुद्ध लाभको पदमा बसेर उम्मेदवार बनेको भन्दै उजुरी परेको छ । कविता नेपालीले गरेको उजुरीमा परियारले सरकारको लाभको पद धारण गरी निजको नाम बन्दसूचीमा रहेकोले आवश्यक कारबाही गरी पाउँ भनेर उजुरी गरेकी थिइन् ।

यस्तै एउटा पार्टीमा रहेको व्यक्ति अर्को पार्टीको समानुपातिकतर्फको बन्दसूचीमा रहेको भन्दै उजुरी परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीको बन्दसूचीमा नाम रहेका नेपाली जनता दलका नेता काजीमान आत्रेयको नाम हटाउनका लागि उजुरी परेको छ ।

नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले गरेको उजुरीमा आत्रेय राष्ट्रिय जनमुक्ति पार्टीको सदस्य नभई नेपाली जनता दलको केन्द्रीय वरिष्ठ उपाध्यक्ष भएकोले राष्ट्रिय जनमुक्ति पार्टीको बन्दसूचीबाट नाम हटाइपाँउ भनेर उजुरी गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार शिव डुम्रे नेपाल पत्रकार महासङ्घको सदस्य भई नेपालको राष्ट्रिय टेलिभिजनमा संवाददाता काम गर्दै आएको र पत्रकारिता पेसामा रही राजनीतिमा आबद्ध हुन नपाइने भएकोले निजको उम्मेदवारी बन्दसूचीबाट हटाइ पाउँ भन्दै नरेश डुम्रेको उजुरी परेको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फ परेको उजुरी विवरण !

प्रदेश सभा समानुपातिकतर्फ परेको उजुरी विवरण !

प्रतिक्रिया दिनुहोस