१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषा-४ मा त्रिपक्षीय तिब्र प्रतिस्पर्धा, भिड्दैछन् महेन्द्र, रघुवीर र महाजन 

अ+ अ-

काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धन काँग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भिडन्त देखिएको छ । 

हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतोसहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर मुख्य प्रतिस्पर्धा भने काँग्रेस, एमाले र जसपाका उम्मेदवारबीच नै हुने देखिएको छ ।

यसअघि धनुषा निर्वाचन क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित भएका नेकपा एमालेका सचिव रघुवीर महासेठ अहिले पनि प्रतिस्पर्धामा रहेका छन् । एमाले र जसपाबीच गठबन्धन भएपनि दुवै दलको आ-आफ्नै उम्मेदवार छन् भने यता सत्ता गठबन्धनको एकल उम्मेदवार उठाएको छ । विसं २०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा रहेको थियो । तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा काँग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गरेका छन् ।

महासेठ र महाजन दुवैले अघिल्लो चुनावका सहयात्री गुमाइसकेका छन् । त्यो बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुवै यो पटक काँग्रेसका उम्मेदवार महेन्द्रको साथमा छन् । एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ । त्यसैगरी एमाले र जसपाबीच चुनावी गठबन्धन भए पनि दुवैको आ-आफ्नै उम्मेदवार भएपछि सत्ता गठबन्धनलाई फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

एमालेले (क) मा काँग्रेस परित्याग गरी आएका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ । जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उठाएको छ । एमाले र जसपाका सहमति अनुसार धनुषा-४ को प्रतिनिधिसभासँगै प्रदेशसभा (क) एमालेले लिने र (ख) जसपाले लिने उल्लेख छ । अर्कातर्फ नेकपा एकीकृत समाजवादीका धनुषा उपाध्यक्ष सोमप्रसाद शर्मालाई धनुषा (ख) बाट टिकट दिनेगरी एमाले प्रवेश गराइएकोमा टिकट भने दिइएको छैन । 

सत्ता गठबन्धन प्यानलसहित एकातिर छ ।  सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख) मा एकीकृत समाजवादीका शत्रुधन महतो उम्मेदवार छन् । वन उद्योग पर्यटन प्रदेश मन्त्री समेत रहेका शत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित वर्तमान प्रदेश सांसद हुन् । त्यसैगरी चुनावको मुखमा केही स्थानीय प्रभावशाली नेताले गरेको पार्टी फेरबदलले पनि असर पार्ने सम्भावना प्रबल छ ।

जसपाले टिकट नदिएपछि विद्रोह गरेर काँग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेषनारायण यादवका कारण जसपालाई क्षति र काँग्रेसलाई फाइदा पुग्नसक्ने विश्लेषण भइरहेको छ । उता काँग्रेसका सन्तोष यादव एमालेमा प्रवेश गरेको क्षति काँग्रेसलाई पनि पुग्न सक्ने अर्को अनुमान छ । 

यसका साथै ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था बलियो देखिएको छ । धनुषा क्षेत्र नं ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ ।

उसले क्षिरेश्वरनाथ नरपालिकाका बहुसङ्ख्यक वडा पनि जितेको छ । एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं ४, क्षिरेश्वरको वडा नं ८ र ९, मिथिला विहारी नगरपालिकाको १, ३, ४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ९, १३, १४, १९, २१ र २२ गरी पाँचवटा भने यसै क्षेत्रमा पर्दछ ।

यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरूले पाएको मतको आधारमा काँग्रेस पहिलो र एमाले दोस्रोमा छन् । तेस्रोमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन् । सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार महेन्द्र यादवले  स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउँछन् । महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभूतिका कारण आफूले निर्वाचन जित्ने दाबी गर्छन् । उनले यस बीचको ५ वर्षमा आफू सबै जनता बिच पुगेको र धेरै कामहरू गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गरे ।

उता महासेठले पनि आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्रे गरेको, खोलाहरूमा पुल निर्माण गराएको लगायतको विकास निर्माणका काम गरेकाले यहाँका नागरिकले आफूलाई पुनः जिताउने दाबी गरे ।  यता जसपाका उम्मेदवार महाजन यादव स्थानीय चुनावी नतिजाले यो चुनावमा असर नगर्ने दाबी गर्छन् । आफू लामो समयदेखि जनतासँगै जिल्लामै रहेकाले जनताप्रति आफ्नो विश्वास रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस