काठमाडौँ । प्रारम्भिक ब्याटर अङ्कित सुवेदीको उत्कृष्ट शतकको मद्दतले प्रदेश १ ले पीएम कप वान डे क्रिकेटको समूह ‘बी’मा वाग्मतीलाई ६९ रनले हराएको छ । प्रदेश १ को यो पहिलो जित हो भने वाग्मतीले लगातार दोस्रो खेल गुमाएको छ ।
अङ्कितको १ सय १० रनको मद्दतले प्रदेश १ ले पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा ३ सय ४ रन बनाएको थियो । त्यसमा कप्तान सिद्धान्त लोहनीले ४० बलमा ७२ रनको योगदान दिए । वाग्मतीका लागि रामनरेश गिरीले ४२ बलमा ५ विकेट लिए । जितका लागि ३ सय ५ रनको विशाल लक्ष्य पाएको वाग्मतीले ४५.५ ओभरमा अलआउट हुन अगाडि २ सय ३५ रनमात्र बनाउन सक्यो । नन्दन यादवले बनाएको ४३ रन नै वाग्मतीका लागि उच्च व्यक्तिगत स्कोर रह्यो ।
समूह ‘ए’मा पुलिस २ खेलमा २ जितसहित ४ अंकमा शीर्ष स्थानमा छ भने त्यसपछि प्रदेश १ को दुई अङ्क भएको छ । वाग्मती भने अङ्कविहीन स्थितिमा छ ।