२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेँसी सहर-चामे सडक स्तरोन्नति सुस्त गतिमा

अ+ अ-

लमजुङ । बेँसी सहर–चामे सडकको स्तरोन्नति कार्य यहाँ सुस्त गतिमा भइरहेको छ ।

बेँसी सहर–चामे सडकअन्तर्गत बेँसी सहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भए पनि हालसम्म ३० प्रतिशत मात्र निर्माण भएको छ ।

डुम्रे बेँसी सहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्जिनियर पुरुपोत्तम अधिकारीले भने, ‘दसैँ तिहार र चुनावका कारण कामले तीव्रता लिन सकेको छैन ।’ वर्षायाममा वर्षाले यस सडकको विभिन्न ठाउँमा पहिराले खस्दासमेत काममा अवरोध आउँदा समय लागिरहेको उनको भनाइ छ ।

हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने एक मात्र यस सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्य सम्पन्न भएको छ । अब नाली बनाउने र केही संरचना निर्माण गर्ने लगायतका काम बाँकी रहेको र यति बेला ती काम भइरहेको इन्जिनियर अधिकारीले बताए ।

यति बेलासम्म आधाभन्दा बढी निर्माण कार्य हुनुपर्ने भए पनि अधिकांश काम अझै बाँकी रहेको बताइएको छ । काम सुस्त गतिमा हुँदा निर्धारित समयमा सम्पन्न नहुने हो कि भन्ने आशङ्का स्थानीयले गर्न थालेका छन् ।

स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले २०५१ सालमा यस खण्डअन्तर्गत बेँसी सहरदेखि खुदीसम्म मोटर बाटोको ट्रयाक खोलेको थियो। उक्त खण्डमा स्तरोन्नतिको काम अघि बढ्दा स्थानीय उत्साहित भए पनि कामको गतिले भने निराश बनाएको स्थानीय कृष्णबहादुर आलेले बताए ।

सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फी नाली निर्माण गरिने छ ।

ट्रयाक खोलेको करिब २७ वर्षमा बेँसी सहर–चामे सडक कालोपत्रेको काम अघि बढेको छ । पहिलो चरणको उक्त कार्य सम्पन्न भएपश्चात् दोस्रो चरणमा अस्फाल्ट प्रविधिका कालोपत्र गरिने भएको छ । त्यस्तै, तेस्रो चरणमा रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने कार्य हुने उनको भनाइ छ ।

पहिलो चरणको निर्माण कार्य गत असार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ बढे पनि सम्पन्न भने हालसम्म हुन सकेको छैन । आशिष अनेस्ट चितवनले २०८० असार मसान्तसम्म कालोपत्र गर्ने गरी २०७८ असार मसान्तमा सम्झौता गरेर काम अघि बढाइएको डुम्रे–बेँसी सहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कूल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता छ । विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण निर्माण भने २०७८ असोजदेखि मात्र सुरु भएको थियो ।

यस सडकको बेँसी सहरदेखि खुदीसम्मअर्थात् करिब साढे सात किलोमिटर सडक खण्डभित्र पर्ने बेँसी सहर नगरपालिका–६ स्थित तीन सय मिटर लामो खरखर भिरको लागि सो रकमबाहेक टेन्डर आह्वान गरेर २० करोड स्टेमेन्ट गरेकामा करिब १६ करोड र सोही नजिकै एक सय २० मिटरको करिब चार करोडमा पुल तथा बाटो निर्माण हुने उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रु १६ करोड लागत्तको काम खरी ढुङ्गा गोल्मेस्वर जेभीले र चार करोडको काम सानो खरी ढुङ्गा निर्माण सेवाले गर्ने भएको छ । बेँसी सहरमा रहेको नेपाली सेनाले २०६९ सालमा पूरा गर्दै डिभिजन सडक कार्यालय दमौली तनहुँलाई यस सडक हस्तान्तरण गरेको थियो ।

अघिल्लो वर्षदेखि उक्त डिभिजन सडक कार्यालय मार्फत डुम्रे–बेँसी सहर–चामे सडक योजना कार्यालयले यस सडकको काम हेर्दै आएको छ । पैसठ्ठी किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर पर्छ ।