१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलि प्रहरीले यी चार अवस्थामा कसैलाई नसोधी गोली चलाउँछ : आइजिपी सिंह

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको बताएका छन् ।

भोलि (४ मंसिर) मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा चार किसिमका परिस्थिति देखिए न्यूनतम बल प्रयोगको सिद्धान्त अनुरूप कसैलाई पनि सोध्नु नपर्ने गरी सर्कुलर जारी गरिएको प्रहरी महानिरीक्षक (आइजिपी) सिंहले बताए ।

स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति, सुरक्षा कायम हुननसक्ने अन्तिम विकल्पका रूपमा मात्रै सुरक्षाकर्मीले गोली चलाउनसक्ने परिकल्पना गरेको छ ।

तर, महानिरीक्षक सिंहले चुनाव विशेष परिस्थिति भएकाले यसलाई बिथोल्न खोज्ने तत्वलाई रोक्न चार अवस्थामा सिधै गोली चलाउने आदेश दिइएको बताए ।

उनका अनुसार निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि साङ्घातिक आक्रमण भए, निर्वाचन वा मतदान अधिकृतलाई आक्रमणको अवस्था आए, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने परिस्थिति भए नसोधी गोली चलाउन सक्ने गरी निर्देशन जारी गरिएको हो ।

मधेस प्रदेशमा पेशेवर अपराधीको प्रयोग गरेर निर्वाचन बिथोल्ने गतिविधि हुनसक्ने भन्दै त्यस्ता अवस्थामा पनि गोली चलाउन आदेश पर्खिरहन नपर्ने भनिएको सिंहले बताए ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७९ ले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), तराई मधेस जनता पार्टी (टाइगर्स), विप्लव समूहबाट टुक्रिएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन सुरक्षामा खतरा सिर्जना गर्नसक्ने औँल्याएको छ । त्यही आधारमा नेपाल प्रहरीले निर्वाचनको पूर्वसन्ध्यामा विप्लव समूह र नेकपा बहुमतका गरी ८० बढी नेता, कार्यकर्तालाई पक्राउ गरेको प्रहरी महानिरीक्षक सिंहले बताए ।

विप्लव समूह तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग २० फागुन २०७७ मा तीन बुँदे सहमति गर्दै हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो । तर, सहमतिको बुँदामा भएको समझदारी अनुसार ‘कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दाहरू खारेज गर्ने सहमति’ पालना नभएको भन्दै समूहले ४ कात्तिकमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको थियो ।

प्रहरी प्रमुख सिंह चाहिँ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताउँदै देशैभर शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने बताउँछन् । हरेक जिल्लामा प्रहरीले सुरक्षा गस्ती बढाएको छ । आकस्मिक चेकजाँचमा जोड दिएको छ ।

महत्त्वपूर्ण प्रतिष्ठान, संरचना तथा क्षेत्रहरूमा पनि विशेष निगरानी गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको वरपर मानिसहरूलाई हिँडडुल गर्न निषेध गरिएको छ । डोरी लगाएर नजिक जानै दिइएको छैन भने नेपाली सेनाले पनि वरिपरि गस्ती गरिरहेको छ । अन्य महत्त्वपूर्ण क्षेत्रमा पनि चेकजाँच तीव्र पारिएको प्रहरीले जनाएको छ ।

हालसम्म कुनै अप्रिय घटना नहुनुले पनि निर्वाचन शान्तिपूर्ण बन्ने सङ्केत दिइसकेको उनले बताए ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरेर २ लाख ९८ हजार ५ सय ७९ जना सुरक्षाकर्मी खटिँदैछन् । यसपालि कारागारमा रहेका कैदीबन्दीले पनि मतदान गर्दैछन् ।

गृह मन्त्रालयले निर्वाचन विरोधी समूह, जातीय, साम्प्रदायिक सङ्घ, सङ्गठनको गतिविधि, खुला सीमा, भौगोलिक विकटता लगायतका आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा मतदान स्थललाई वर्गीकरण गरेको छ । त्यही अनुसार सुरक्षा रणनीति अख्तियार गरिएको छ ।

गृहसचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले ३ हजार ८० मतदान स्थललाई अति संवेदनशील, ४ हजार ४ सय २० लाई संवेदनशील र ३ हजार ३ सय ९१ लाई सामान्य संवेदनशील मानेर सुरक्षा व्यवस्थापन मिलाएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले ७७ वटै जिल्लामा दुई वटा रिजर्भ टोली सिनियर तथा जुनियर प्रहरी अधिकृतको कमाण्डमा खटिने गरी तैनाथ गरेको केन्द्रिय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई बताउँछन् ।

केन्द्रमा पनि चारवटा केन्द्रीय रिजर्भ टोली पनि राख्ने भनिएको छ । हरेक टोलीलमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा ५० जना प्रहरी रहन्छन् ।

निर्वाचनको अवधिभरका लागि मदिरा निषेध गरिएको छ भने निर्वाचन अवधिमा बन्दुक, खुकुरी, चेन, लाठी जस्ता घातक हतियार लिएर हिँडडुल गर्न निषेध गरिएको छ । निर्वाचनको दिन आइतबार अनुमति लिएका सवारीसाधनबाहेक बिहान ६ बजेदेखि मतदान कार्य नसकिएसम्म सवारी आवगमनमा रोक लगाइएको छ ।

गुण्डागर्दी, हुल्याहा प्रवृत्ति भएका र मतदान केन्द्र कब्जा गर्नसक्ने व्यक्तिको पहिचान गरेर आवश्यकता अनुसार जतिसुकैबेला नियन्त्रणमा लिने रणनीति लिइएको प्रवक्ता राई बताउँछन् । निर्वाचन बहिष्कार गर्ने समूहहरूले तोडफोड, आगजनी, मतपेटिका लगायत निर्वाचन सामग्री लुट्ने तथा हुलहुज्जत गर्नसक्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि निर्देशन दिइएको प्रहरीले जनाएको छ ।

मतदान कर्मचारीहरूलाई पनि उनीहरूले दुर्व्यवहार गर्न सक्ने भएकाले केहीलाई अग्रिम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस