२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका ठाउँ-ठाउँमा भेटिए शङ्कास्पद वस्तु, दर्जन बढी पक्राउ

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमका ठाउँ-ठाउँमा शङ्कास्पद वस्तु भेटिएका भने एक दर्जन बढी व्यक्ती पक्राउ पक्राउ परेका छन् । कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै शङ्कास्पद वस्तु फेला परेको थियो।

आइतबार बिहानै गौरीगङ्गा नगरपालिका वडा नम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको थियो। सेनाले उक्त बम निष्क्रिय पारिदिएको थियो। 

यस्तै, बझाङको चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडि बमजस्तो शङ्कास्पद वस्तु फेला परेको थियो। 

बाल्टिन बमजस्तो वस्तु भेटिएको प्रहरीले जनाएको छ। त्यसपछि सो ठाउँमा उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेना खटिएको थियो। 

डोटीको के आई सिंह गाउँपालिकास्थित राना गाउँ र जमलकट्टेबीचको सडकमा प्रेसर कुकर बम फेला परेको थियो। उक्त बम सुरक्षा निकायले निष्क्रिय पारेको सुरक्षा घुम्ती टोलीका प्रमुख डाक्टर जगदीश जोशीले जानकारी दिए।

कैलालीको धनगढी उपमहानगरपालिका २ स्थित शारदा माध्यमिक विद्यालय मतदान केन्द्र नजिक बम विस्फोट भएको थियो। 

विस्फोटक पदार्थ पड्किएको आवाज आएको स्थानीयले बताए। 

लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीको टोली, सशस्त्र प्रहरी र नेपाली सेना स्थलमा पुगेर विस्फोट भएको वस्तु नियन्त्रणमा लिएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए। 

कैलालीको लम्कीमा दुई स्थानमा, टीकापुर र भजनीमा पनि फेला परेका शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको थियो।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक पनि ‘शङ्कास्पद वस्तु’ भेटिएपछि नेपाली सेनाले निष्क्रिय पारेको थियो।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मतदान केन्द्र नजिकै टिनको डिब्बामा शङ्कास्पद वस्तु फेला परेको हो। 

अछामको ढकारी गाउँपालिका-२ स्थित कालिका देवी मावि हिच्मा मतदान केन्द्रनजिकै प्रेसर कुकर बम फेला परेको त्यहाँको प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेयले बताए।

उनले तत्कालै नेपाली सेनाले उक्त बम डिस्पोज गरेको जानकारी दिए।

निर्वाचन बिथोल्न कहीँकतै शङ्कास्पद वस्तु राखिएको पाई पनि एकाध ठाउँबाहेक सुदूरपश्चिम प्रदेशभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। 

आइतबार बिहानै ७ बजेदेखि बेलुका पाँच बजेसमम मतदानको समय तोकिएको छ।

मतदानमा भाग लिन आउनेहरू वृद्धवृद्धा ज्येष्ठ नागरिकहरू, युवा र नयाँ मतदाता पनि छन्। 

दार्चुलामा विप्लव नेतृत्वको नेकपा पार्टीको युवा सङ्गठनका केन्द्रीय सदस्य  जीवन विष्ट र जिल्ला सदस्य सुरेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ। 

लेकम गाउँपालिका १ स्थितको बडीपुर माध्यमिक विद्यालय सर्मोली मतदान केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।

चुनाव बिथोल्न सक्ने सम्भावना  देखेर उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

यस्तै, कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधि गरिरहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरिएको हो। 

उनीहरू नेकपा बहुमतका कार्यकर्ता रहेको भनिएको छ।

भीमदत्त नगरपालिका-४ स्थित भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला इन्चार्ज हरिस दयाल, दीपेन्द्र ऐरी, सुरेन्द्र धानुक,  वीरेन्द्र नाथ, सुरज मल्ल, सुरेश नाथ , वीरेन्द्र शाह र नक्साल विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नेकपा बहुमतले कैलालीको गौरीगामा पनि निर्वाचन विरुद्धमा जुलुस निकालेको थियो भने केही स्थानमा नाराबाजी समेत गरिएको थियो।