काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् । ३ बजे बस्न लागेको बैठकले मन्त्रालयका नियमित प्रस्तावसँगै केही महत्त्वपूर्ण विषयमा निर्णय गर्न सक्ने प्रशासन बालुवाटार स्रोतले बतायो ।
‘नियमित बैठक भोलि हो,’ स्रोत भन्छ, ‘विकसित राजनीतिक घटनाक्रमलाई लिएर केही राजनीतिक विषयमा अध्यादेश ल्याउने कि भन्ने पनि छु
आजको बैठकले प्राविधिकतर्फ एक सचिवको पनि बढुवा गर्दैछ ।
सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस
स्रोतका अनुसार प्रहरीतर्फ ३० वर्ष सेवा अवधि हटाउने बारे पनि व्यापक दौडधुप भई रहेको छ । गृहबाट उठेको फाइल अर्थमा पुगेको कुरा यसअघि नै प्रशासन डट्कमले लेखी सकेको छ ।
सम्बन्धित समाचार : पुलिसमा ३० वर्षे हटाउन दौडधुप, गृहबाट अर्थ पुग्यो फाइल !
बैठकले गर्न सक्ने अन्य निर्णयबारे थप अपडेट हुदैछन ।







