२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षाकर्मीको असहयोगले कर्मचारीको ज्यान जोखिममा भन्दै विराटनगर भन्सारद्वारा शान्ति सुरक्षा माग

अ+ अ-

विराटनगर । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले शान्ति सुरक्षाको माग गरेका छन् । तस्करबाट आएको धम्की तथा सुरक्षा निकायबाट भएको असहयोगपछि कर्मचारीको ज्यान जोखिममा रहेको भन्दै प्रमुख सापकोटाले भन्सार विभाग तथा अर्थ मन्त्रालयसँग शान्ति सुरक्षाको माग गरेका हुन् ।

चालु आर्थिक वर्षमा राज्यको राजस्व लक्ष्यको तुलनामा प्रगति अत्यन्तै न्यून भएको र त्यसको वृद्धिको वैकल्पिक उपाय अवलम्बन गर्दा तस्करहरूले आक्रमण गर्ने स्थिति आएको सापकोटाले जनाएका छन् ।

उनले एक विज्ञप्ति नै जारी गर्दै तस्करहरूले ज्यान मार्ने धम्की दिएकोले आईसीपीबाट ६ किलोमिटर दूरीमा रहेको क्वाटरसम्म आफू पुग्न र कर्मचारीलाई काम सकेर गन्तव्यतर्फ फर्किन ज्यान जोखिम भएको भन्दै असुरक्षा महसुस गरेको जनाएका छन् ।

सीमा प्रहरी चौकी रानीको मूल गेटअगाडि कर्मचारीमाथि ढुंगामुढाको भएको र सो घटना सिसी टिभी फुटेजमा रेकर्ड रहेको भन्सार प्रमुख सापकोटाले बताएका छन् ।

शुक्रवार राति गस्तीका क्रममा भन्सार कार्यालयका कर्मचारीहरूमाथि तस्करले ढुंगामुढा र ज्यान मार्ने धम्की दिएको उनको भनाई छ ।

यो घटनाले प्रहरीको सेटिङमा तस्करी मौलाएको भन्सार कार्यालयको आरोप छ । विराटनगर भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रणमा सुरक्षा निकायले असहयोग गरेको भन्दै भन्सार विभाग र अर्थ मन्त्रालयसँग शान्ति सुरक्षाको सहयोग आवश्यक परेको बताएको हो ।

भन्सार कार्यालयको कार्यक्षेत्र भित्र पर्ने ३ नम्बर गेट सीमा प्रहरी चौकी रानीको अगाडिबाट तस्करी भइरहेको सूचना पाएपछि नियन्त्रणमा लिन गएका कर्मचारीलाई तस्करले ढुंगामुढा गरी गर्दा प्रहरी मुख दर्शक भएको भन्सार कार्यालय प्रमुखको आरोप छ। दुई वटा मालवाहक सवारी सीमा प्रहरी चौकी रानी अगाडि रोकिएको थियो । भारतबाट १५ जनाको समूहमा आएका व्यक्तिहरूले लोड भएको गाडीबाट सामान तस्करी गरेर सीमा कटाउने गरेको बेला भन्सारको टोली पुगेको थियो ।

त्यस बेला भन्सार गस्तीमा खटिएको टोलीमाथि तस्करको उक्त समूहले आक्रमण गरेर गाडी र तस्करी भइरहेको सामान खोसेर भन्सार कटाएको उनले विज्ञप्तिमा भनेका छन् ।

त्यसो त प्रतिबन्धका बाबजुद पनि बजारमा प्रतिबन्धित सामानहरूको छ्यापछ्याप्ती उपलब्धताले कर्मचारी र सुरक्षाकर्मीहरूको मिलेमतोमा तस्करी मौलाएकोमा दुईमत छैन । राजधानी काठमाडौँसम्मै ती सामानहरू निर्बाध पाउनुले प्रहरीको संलग्नता देखिएको अर्थका एक उच्च अधिकारी बताउँछन् ।