७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटनामा परी दुईको मृत्यु

अ+ अ-

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु भएको छ ।

भारतबाट दर्शनार्थी बोकी आएको ना५त ३६३० नं.को ट्याक्टर राति १२ः१५ बजे गाउँपालिका–५ सोलखपुरमा अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार रहेका भारत विहार पश्चिमी चम्पारण रक्सौलको पंटोका निवासी ५० वर्षीय महेन्द्र पाश्वान र ९ वर्षीया पूजा कुमारीको मृत्यु भएको हो ।

पर्साको पटेवासुगौली गाउँपालिकामा रहेको दुधेश्वर महादेवको दर्शन गर्न भारतबाट दर्शनार्थी बोकी आएको उक्त नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका महेन्द्र र पूजाको उपचारका क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

सवारी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेको २५ मध्ये नौजना घाइते भएको प्रवक्ता जोशीले जानकारी दिए । घाइते सबैको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ट्याक्टर चालक बुनिलाल राम र उनकी श्रीमती सोभार रामको आवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतक पाश्वन र पूजाको शवपरीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा रखिएको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस