२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा पदहरूमा विपक्षीसँग समझदारी गरेमात्रै राजनीतिमा स्थिरता कायम हुन्छ : विष्णु रिमाल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरूमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री अङ्कगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरूमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको उनले बताए ।

उनले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली काँग्रेसले सोच्नुपर्ने बताए । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरूमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने उनले बताए । उनले गठबन्धनमा रहेका नेता र दलहरूले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताए ।

गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरूमाथि निर्वाचनमा हराउने च्याम्पियन चलाउनु रहेको उनले बताए । उनले गत निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरूमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पीयन चलाइएको आरोप लगाए । उनले नेकपा एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भने पनि ६ प्रतिशत भोट घटेको बताए । उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा चुनावअघि कुनैपनि राजनीतिक कल्पना नै नगरेको बताए ।

उपमहासचिव रिमालले नेकपा एमाले जनादेशको हिसाबले देशको ठूलो पार्टी भएपनि अङ्क गणितका हिसाबले ठूलो बन्न नसकेको बताए। रिमालले नेकपा एमाले स्थिरताको पक्षमा रहेको भन्दै स्थिरताका लागि आवश्यक पहल गर्न तयार रहेको बताए । उनले नेपाली काँग्रेस लगायतका दलहरूले पनि स्थिरताको पक्षमा सोच्नुपर्ने बताए। उनले नेकपा एमालेले अहिले नयाँ सरकार बनाउने कुरामा भन्दापनि गठबन्धनको भूमिकालाई नियालीरहेको बताए । उनले एउटा स्थितिमा पुगेर गठबन्धन टुट्ने दाबी गर्दै गठबन्धन भत्किएपछि मात्रै नयाँ विकल्पको कुरा हुने बताए । गठबन्धन कायमै रहँदासम्म नेकपा एमाले रचनात्मक विपक्षीको भूमिकामा रहने उनले बताए ।