१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै नेतृत्वमा सरकार बनाउने काँग्रेसको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले औपचारिक रूपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि गठबन्धन र अन्य राजनीतिक दलहरूसँग संवाद थाल्ने निर्णय गरेको हो ।

बैठकले संवैधानिक व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरू लगायत अन्य दलसँगसमेत संवाद,वार्ता छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिए ।

सत्तागठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी सरकारको नेतृत्वको लागि दाबी गरेका छन् । शनिवार काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष दाहालले गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव राखेका थिए । 

माओवादी अध्यक्ष दाहालले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको भन्दै काँग्रेसले ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउने काँग्रेसले निर्णय गरेको छ ।

बैठकले पार्टी संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहनुभएको छ । आगामी मङ्गलवार वा बुधबार दलको चुनाव हुने काँग्रेसले जनाएको छ ।

संसदीय दलको नेताको लागि काँग्रेसमा आधा दर्जन नेताहरुले आकाङ्क्षा राखेका छन् । प्रवक्ता डा.महतले पहिलो प्रयास पार्टी सभापतिकै नाममा सहमति जुटाउने हुने तर सर्वसम्मत नभएको अवस्थामा भने लोकतान्त्रिक प्रक्रिया अनुसार निर्णय हुने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस