२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि १० उद्यान

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले यहाँका विभिन्न स्थानमा १० वटा उद्यान निर्माण गर्ने भएको छ । विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि यी उद्यान निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी एवं इञ्जिनियर सौरभ ढकालले जानकारी दिए ।

प्राधिकरणले शङ्खरापुर नगरपालिकामा शाली नदी उद्यान, नागार्जुन नगरपालिकामा घटालबाबा मन्दिर उद्यान, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी र नवतनधाम उद्यान, कीर्तिपुर नगरपालिकामा चम्पादेवी उद्यान निर्माण गर्न लागिएको जनाएको छ ।

यसैगरी ललितपुर महानगरपालिकामा तीन उद्यान निर्माण गरिने भएको छ । महानगरपालिकाको १३ नं वडामा मच्छिन्द्र उद्यान, वडा नं २१ मा पञ्चोद्यान, वडा नं २७ मा बालकुमारी उद्यान निर्माण गरिने उनले बताए । महानगरपालिकाकै वडा नं २५ स्वयम्भू भैँसे पाटीमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गर्न लागिएको छ ।

ललितपुरकै महालक्ष्मी नगरपालिका–८ ढुङ्गेटोलस्थित लुभू माध्यमिक विद्यालय पछाडि रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माण कार्यक्रम अन्तर्गत भक्तपुरका विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी हरियाली प्रवर्द्धन गरिने भएको छ ।

भक्तपुरका स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक जग्गा संरक्षण गरी ती स्थानमा उद्यान निर्माण गर्न लागिएको हो । तीनै जिल्लामा उद्यान निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको जानकारी पनि प्राधिकरणले दिएको छ ।