२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राम्रोबाहेक नगर्ने वर्तमान सरकारको नीति हो : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति ‘राम्रो गर्ने, राम्रोबाहेक नगर्ने’ रहेको बताएका छन्। माओवादी केन्द्र कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास बालुवाटारमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।

राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउँदै उनले ‘गर्न चाहे हुने रहेछ’ भन्ने आभास जनतामा दिलाउन सकिने बताए। ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ। आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो। मध्यपहाडी लोकमार्गदेखि उत्तर-दक्षिण करिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन्। अहिले नेपाल त्यतै हिँडिरहेको छ। तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन्,’ प्रधानमन्त्री प्रचण्डले भने।

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र ‘उज्यालो नेपाल’जस्ता विकास कार्यक्रम माओवादीकै नेतृत्व र पहलमा भएपनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो। कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्दै प्रचण्डले सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको आश्वासन दिए। प्रधानमन्त्री प्रचण्डले कर्णालीमा बन्ने आगामी सरकारले कर्णाली र कर्णालीका जनताका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिए।