२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरले गर्‍यो समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही सुरु गरेको छ । महानगरपालिकाका अनुसार समयमै काम नगर्ने एक ठेकेदार कम्पनीलाई सम्झौता बमोजिम क्षतिपूर्ति तिराएको छ भने अर्को कम्पनीलाई जरिवाना तिराउने प्रक्रिया सुरु गरिएको छ ।

महानगरमा २२ वटा भित्री सडक निर्माण गर्ने ठेक्का लिएको तर समय मै काम नगरेको भन्दै पीएस सुनकोसी जेभी ललितपुरलाई २३ लाख १३ हजार रुपैयाँ जरिवाना तिराएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

विभिन्न स्थानका सडक कालोपत्रे गर्ने योजना अन्तर्गत महानगरले २७ जेठ २०७७ मा बोलपत्र आव्हान गरेको थियो । सोही सूचना बमोजिम सुनकोसी जेभीले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तर ठेक्का सम्झौता अनुसार काम नगरेपछि सुनकोसी जेभीलाई सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) को नियमको आधारमा कारबाही गरेको उनले बताए । उनका अनुसार सुनकोसी जेभीले विभिन्न कारण देखाउँदै पटक-पटक म्याद थप गर्दै आएको थियो ।

बिरुवा कन्स्ट्रक्सन काठमाडौँलाई समेत ठेक्का सम्झौता भएका सडक आयोजनाहरूको काममा पटक-पटक सम्झौताका प्रावधानहरू उल्लङ्घन गरेकोले सम्झौता अनुसार कारबाही गर्ने निर्णय भएको महानगरले जनाएको छ । अर्यालका अनुसार २१ पुसदेखि लागु हुनेगरी पूर्वनिर्धारित क्षतिपूर्ति लगाउने निर्णय भएको हो । महानगरले उक्त निर्माण कम्पनीलाई निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने कबुलियत गराएको छ । कबुलियत अनुसार कार्य सम्पन्न नगरेमा सम्झौता रद्द गरी कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।