२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी अस्पतालको सेवाप्रवाहमा सुधार गर्न प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पतालहरूको सेवा प्रवाहलाई सुधार गर्न निर्देशन दिएका छन्। बिहीबार केन्द्रीय अस्पतालहरूलाई डाकेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। 

अस्पतालहरूले नागरिकलाई प्रदान गरिरहेको सेवाप्रवाहको स्थिति, अस्पतालको भौतिक एवं कार्य वातावरण, पूर्वाधारको अवस्था, कार्यरत जनशक्ति लगायतका विषयमा प्रधानमन्त्रीले अस्पतालका प्रमुखहरूसँग छलफल गरेका थिए। 

यस विषयमा प्रधानमन्त्री कार्यालयले अनुगमन समिति गठन गरेको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाबारे बैठकमा छलफल भएको थियो। 

ती अस्पतालबाट प्रदान हुने सेवाको स्तर बढाउन र बिरामीलाई सहज रूपमा सुविधा दिन, चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन, पेसागत मर्यादा र अनुशासन कायम गर्ने लगायतका समग्र अस्पतालको व्यवस्थापकीय सुधारका लागि तत्काल चाल्नुपर्ने कदमका विषयमा प्रधानमन्त्रीले प्रमुखहरूसँग छलफल गरेका थिए। 

छलफलका क्रममा अस्पतालका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले अस्पतालले प्रदान गर्ने सेवालाई अझ गुणस्तरीय, सर्वसाधारणमा पहुँचयोग्य, प्रविधिमैत्री बनाउन, सरसफाइमा थप ध्यान दिन, सबै उपकरण चालू राखी सेवा विस्तार गर्न, सेवा लिन पर्खनुपर्ने समय घटाउन, जीवन रक्षक औषधिको सहज रूपमा उपलब्ध हुने बनाउन तथा औषधिको गुणस्तर नियमन प्रभावकारी बनाउन, स्वास्थ्य बीमाको सेवा सहज बनाउन तथा यसका लागि आन्तरिक र बाह्य समन्वय प्रभावकारी बनाउन तत्कालै प्रयास गर्ने प्रतिबद्धता जनाए। 

छलफलपछि प्रधानमन्त्री प्रचण्डले अस्पतालको सेवा सुधार गर्न तत्कालै ठोस कार्य योजना बनाइ कार्यान्वयन गर्न र त्यसको सहजीकरण र अनुगमन स्वास्थ्य मन्त्रालयबाट गर्न निर्देशन दिए।