१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम धितो राखी धेरै ऋण दिएको अभियोगमा बैङ्कका सिइओसहित चार जना पक्राउ 

अ+ अ-

काठमाडौँ । कामना सेवा विकास बैङ्कको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय दमकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ गरेको डिएसपी दिलीप गिरीले जानकारी दिए। 

उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्। 

डिएसपी गिरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैङ्किङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ। 

उनीहरूले बैङ्कबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भएरनभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए।

नेपाल राष्ट्र बैङ्कबाट केन्द्रीय अनुसन्धान ब्युरोलाई यस सम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो। ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो।

बैङ्कका निर्देशक विश्वेश्वर सुवेदीका अनुसार यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म घाटा हुन आएको देखिन्छ।

अनुसन्धानका लागि प्रहरीले ऋण दिँदा फाइलमा हस्ताक्षर गरेकाहरूलाई पनि बोलाएर सोधपुछ गरिरहेको उनले बताए। 

सुरूमा ३१ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो। जग्गा(व्यवसाय अधिकतम पैसामा लिलामी गर्दा पनि ऋण नउठ्ने देखिएको हो। त्यसमा ४ देखि ५ करोडसम्म घाटा हुन आउने उनी बताउँछन्। 

ऋण लिएर चलाएको व्यवसाय पनि चौपट भएको पनि उनले बताए। यसरी कम धितोमा ऋण प्रवाह धेरै भएकोबारे बैङ्कले थाहा पाएको पनि एक वर्ष बढी भइसकेको उनले बताए।

बैङ्कलाई घाटा भएपछि आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको थियो। यसमा बैङ्कका तत्कालीन प्रदेश प्रमुख लगायत अन्य केहीको पनि संलग्नता रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस