२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा २२ अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अङ्कको बिन्दुमा झरेको छ ।

८ पुसमा १८६७.२१ अङ्कमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अङ्कसम्म पुगेको थियो । त्यसपछि भने बजारमा उतारचढाव देखिए पनि नेप्से घट्दै बिहीबार पुनः २१०० अङ्कको बिन्दुबाट तल झरेको छ ।

बिहीबार बजार परिसूचक नेप्से २२.१२ अङ्कले गिरावट हुँदा २०९४.५४ अङ्कमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमित भएको छ ।

बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । कारोबार रकममा पनि खासै उत्साह नभए पनि बुधवारको भन्दा केही बढेको छ ।

बुधबार १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआईसी एसिया बैङ्कको ५ करोड ५० लाख ४० हजार र आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९१ लाखको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

कारोबार भएकोमध्ये आदर्श लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा मल्टीपपर्स फाइनान्सको सेयर मूल्य २.९६ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य २.११ प्रतिशतले वृद्धि भएको छ ।

यता सपोर्ट लघुवित्तको सेयरमूलक सर्वाधिक ५.८० प्रतिशतले गिरावट हुँदा सिद्धार्थ इन्स्योरेन्सको ५.२९ प्रतिशत र रिडी हाइड्रोपावरको सेयर मूल्य ५.१३ प्रतिशतले गिरावट भएको छ ।