२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै ग्लोबल आइएमई बैंक

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ५ वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी माघ २९ गतेदेखि फागुन ३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रमा अधिकतम ११.२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । उक्त प्रस्तावित ब्याजदर अहिले बैंकहरूले मुद्दतीमा दिइरहेको भन्दा धेरै ब्याजदर हो ।

यसअघि ऋणपत्र जारी गरेका बैंकहरूले ब्याज दर केही घटाएका थिए । तर बचतकर्तालाई आकर्षित गर्न ग्लोबल आइएमई बैंकले थप ब्याजदर अफर गरेको हो । माघ २९ जारी हुने १००० रुपैयाँ अङ्कित दरका ऋणपत्रमा इच्छुक लगानीकर्ताले कम्तीमा २५ र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण नेपालीलाई बैंकले कुल १९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसबाहेक बैंकले सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।