१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रनगर गाउँपालिकामा ई-हाजिरी सुचारु

अ+ अ-

वीरगञ्ज । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले पालिकाले पालिका तथा मातहतका सबै कार्यालय, स्वास्थ्य संस्था, विद्यालयमा ई–हाजिरीको व्यवस्था मिलाएको छ ।

फाल्गुन १ गतेदेखि गाउँपालिकाका कार्यालय, वडा कार्यालय, विद्यालय तथा पालिका मातहतका अन्य कार्यालयमा अनिवार्य ई–हाजिरी गर्नु पर्ने गरी व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले बुधबार सूचना जारी गर्दै प्रत्येक महिनाको ई–हाजिरीमा अनुपस्थित देखिएको दिनका बारेमा आवश्यक कागजात तथा उचित कारण नभएको अवस्थामा नियमानुसारको हाजिर कट्टी गर्ने चेतावनीसमेत दिएका छन् ।

जनताको करबाट उठेको राजश्वबाट जनतालाई सेवा प्रदान गर्न दिइएको तलब र सेवा प्राप्त गर्ने शिक्षक, कर्मचारी र जनप्रतिनिधिलाई गुणस्तरीय सेवा प्रदान गर्न जिम्मेवार भइदिन सूचनामा अनुरोध गरिएको छ ।

सूचनामा गाउँपालिका कार्यालय र विद्यालयहरूमा कार्यरत केही कर्मचारी र शिक्षकहरू कार्यालयमा नियमित उपस्थित नहुने र आफू खुसी बिदामा बस्ने तोकिएको समयमा कार्यालयमा नआउने, कार्यालय समय सकिनु अगावै कार्यालय छोड्ने, कार्यालयमा रहँदा तोकिएको पोशाक, परिचयपत्र नलगाउने लगायतका गुनासो आएको उल्लेख गर्दै त्यसो नगर्न पनि आग्रह गरिएको छ ।

सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई–हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी कार्यालय प्रमुख वा विद्यालयमा प्रधानाध्यापकको हुने, ई–हाजिरी मेसिनमा कुनै समस्या देखिएमा गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराएर मेसिन सुचारु गराउनुपर्ने, सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनुपर्ने गरी व्यवस्था मिलाइएको पालिकाले जनाएको छ ।

जनतालाई सेवा प्रदान गर्नुपर्ने जिम्मेवारीमा रहेका कर्मचारी उचित कारण नभई, नियमानुसारको कागजात पनि पेस नगरी अनुपस्थित हुने गलत अभ्यास अन्त्य गर्न ई–हाजिरीको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष महतोले बताए ।

जनतालाई समयमा चुस्त दुरुस्त तवरले गुणस्तरीय सेवा प्रवाह गर्न अनुशासनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस