२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

अ+ अ-

रसुवा । उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदे बालीको बोट भुईँमा विलीन हुन थालेका छन् ।

उच्च हिमाली पाखामा चार-पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्दथ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात नभएको किसानले जनाएका छन् ।

जिल्लामा नौ हजार हेक्टरभन्दा बढी हिमशृङ्खलाको पहाड रहेको छन् । डिभिजन वन प्रमुख अनिल रेग्मीले हिमपात तथा वर्षा नहुँदा वन वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई जङ्गलका बीच भागमा खानेपानीको समस्या पर्ने सम्भावना बढेको जानकारी दिए ।

उनले हिउँदे वर्षाको कमीले ठाउँ-ठाउँका खोल्सा सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न लाङटाङ राष्ट्रिय निकुञ्जसँग मिलेर जङ्गलका बीच भागमा पोखरी बनाउने कार्यक्रम अगाडि बढाएको बताए ।

विसं २०४९ मा भएको हिमपातको स्मरण गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भने, ‘त्यो साल नौ दिनसम्म हिउँ पर्‍यो, हिउँ झण्डै त्रिशूली नदी नजिकै पुगेको थियो । ठाडेबाट धुन्चेसम्म नौ किमी सडक हिमपातले अवरुद्ध हुँदा खाद्यान्नसमेतको सङ्कट पर्न गई लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तत्कालीन समय तैनाथ नेपाली सेना दि फेमस महिन्द्र दलगणले हिउँको डल्ला फुटाली यातायात सञ्चालन गराएको थियो ।’

विसं २०६३ तिर पनि हिमपातले ठाडे–बोकेझुण्ड खण्डको सडक पाँच दिनसम्म बन्द हुँदा सेनाकै सहयोगमा हिउँ पन्छाई यातायात सञ्चालन गरिएको बताइन्छ । समुद्र सतहबाट एक हजार सात सय मिटर क्षेत्रसम्म पर्ने हिउँ अहिले क्रमिकरूपले हिमरेखामाथि सर्दै गएको र यस वर्षमा हिमपात नहुँदा लाङटाङको चुचुरोसमेत कालो देखिँदै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

गोसाइँकुण्डभन्दा माथिका डाँडामा समेत हिउँ नभएको जनाउँदै अल्टिच्युट एयरका वरिष्ठ चालक विवेक खड्काले गत वर्षको जस्तो यस वर्ष गोसाईंकुण्ड दहमा पानी नजमेको जानकारी दिए । उनले भने’कुण्डमा स्नानका लागि कुनै समस्या छैन ।’ उनका अनुसार हेलिकोप्टरबाट स्नानका लागि फाट्टफुट्ट भक्तजन सो स्थानमा गइरहेका छन् ।