५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सचिवको सरुवा तथा पदस्थापन, उद्योगमा तामाङ

दुई महिनाअघि मात्रै अख्तियारबाट उद्योग मन्त्रालय पुगेका नारायणप्रसाद शर्मा दुवाडी प्रधानमन्त्री कार्यालय तानिएका छन्। ग्यास आपूर्ति व्यवस्थापनलाई लिएर मन्त्रालय आलोचित बनेकै बेला नवनियुक्त सचिव रुद्रसिंह तामाङले उद्योगको प्रशासनिक नेतृत्व सम्हाल्ने भएका छन्।

अ+ अ-

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा तथा पदस्थापन गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले एक सचिवको सरुवा गर्दै नवनियुक्त एक सचिवलाई मन्त्रालयमा पदस्थापन गरेको हो।

प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतलाई प्राप्त जानकारीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।

त्यस्तै, हालै सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।

दुई महिनामै उद्योगबाट सरुवा
दुवाडी उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्वमा पुगेको करिब दुई महिनामै सरुवा भएका हुन्।

सरकारले ३० असार २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन सचिव दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो।

त्यसबेला उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउँदै दुवाडीलाई अख्तियारबाट उद्योगमा ल्याइएको थियो।

ग्यास अभावले आलोचित बनेको थियो मन्त्रालय
दुवाडी उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहेकै समयमा बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति लामो समयसम्म असहज बनेको थियो। ग्यास सहज रूपमा उपलब्ध गराउन नसकेको विषयलाई लिएर मन्त्रालयको राजनीतिक तथा प्रशासनिक व्यवस्थापनमाथि सार्वजनिक तथा संसदीय तहबाट प्रश्न उठेका थिए।

समस्या समाधानका लागि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यवसायीबीच पटक–पटक छलफल भए पनि आपूर्ति अपेक्षित रूपमा सहज हुन नसकेको भन्दै आलोचना भएको थियो।

प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४ भदौको बैठकमा समेत ग्यास आपूर्ति व्यवस्थापनको विषय प्रमुख रूपमा उठेको थियो। सोही बैठकमा मन्त्रालयका सचिव दुवाडीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले गरिरहेका प्रयासबारे जानकारी दिएका थिए।

कर्मचारीबाट सहयोग नपाएको भन्दै मन्त्रीकै असन्तुष्टि
तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पनि सोही संसदीय समितिको बैठकमा कर्मचारीतन्त्रबाट अपेक्षित सहयोग नपाएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी थिइन्।

उद्योग स्थापना तथा आपूर्ति व्यवस्थापन सहज बनाउन कानुन निर्माण तथा संशोधन गर्न खोज्दा कर्मचारीबाट ‘मिल्दैन’ भन्ने जवाफ आउने गरेको उनको भनाइ थियो। विशेषगरी ग्यास उद्योगसम्बन्धी कानुन निर्माण तथा संशोधनमा आवश्यक प्रशासनिक सहयोग नपाएको उनले समितिमा बताएकी थिइन्।

यादवले ग्यास आपूर्तिमा निजी उद्योगबाट समेत अपेक्षित सहयोग नपाएको बताउँदै नेपाल आयल निगम मातहत छुट्टै ग्यास उद्योग स्थापना गर्नुपर्ने प्रस्तावसमेत गरेकी थिइन्।
उनको असन्तुष्टि समग्र कर्मचारीतन्त्र र प्रशासनिक कार्यशैलीप्रति केन्द्रित थियो।

भोलिपल्टै मन्त्री यादवको राजीनामा
संसदीय समितिमा कर्मचारीतन्त्रप्रति असन्तुष्टि जनाएको भोलिपल्ट अर्थात् २५ भदौ २०८३ मा मन्त्री यादवले पदबाट राजीनामा दिएकी थिइन्।

त्यतिबेला बजारमा लामो समयदेखि कायम ग्यास आपूर्ति समस्या र संसदीय समितिमा उनले दिएका केही अभिव्यक्तिलाई लिएर उनको आलोचना भइरहेको थियो।

यादवको बहिर्गमनपछि उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपक कुमार साहले भने पदभार ग्रहणकै क्रममा सचिव दुवाडीलाई खादा ओढाएर उनीमार्फत मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई सम्मान गरेको बताएका थिए।

अब करिब दुई महिनाअघि मात्रै अख्तियारबाट उद्योग मन्त्रालय पुगेका दुवाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् भने मन्त्रालयको प्रशासनिक नेतृत्व नवनियुक्त सचिव रुद्रसिंह तामाङले सम्हाल्ने भएका छन्।

पछिल्लो समय सरकारले सचिवहरूको सरुवा तथा पदस्थापनलाई तीव्र बनाएको छ। छोटो अवधिमै विभिन्न मन्त्रालय तथा निकायको प्रशासनिक नेतृत्वमा भइरहेको फेरबदलसँगै जिम्मेवारीको निरन्तरता र संस्थागत कार्यसम्पादनको विषयसमेत प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ।

0 Comments