२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीता एयरले टरिगाउँमा उडान गर्दै, यस्तो छ भाडादर

अ+ अ-

काठमाडौँ । सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान गर्ने भएको छ ।

सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने कम्पनीले जनाएको छ ।

योसँगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान गर्ने भएको छ । यसअघि नेपाल एयरलाइन्सले आइतबार, मङ्गलवार, बिहीबार र शनिबार उडान गर्ने गरेको थियो ।

अब शनिबार सीता एयर र नेपाल एयरलाइन्स दुवैले उडान गर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा आठ हजार र काठमाडौँबाट दाङ आउँदा आठ हजार एक सय भाडा तय भएको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले बताए ।उनका अनुसार काठमाडौँबाट दिउँसो १२:१० बजे उडान गर्नेछ भने दाङबाट दिउँसो साढे एक बजे उडान गर्नेछ ।

माघ १३ गते टरिगाउँमा सीता एयरले परीक्षण उडान गरेको थियो । अहिले जहाज नियमित नहुँदा यात्रुहरूले पटक–पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए ।

हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छैन ।

नेपाल एयरलाइन्सले दाङदेखि काठमाडौँको न्यूनतम आठ हजार आठ सय १० रुपैयाँ र काठमाडौँदेखि दाङको भाडा न्यूनतम नौ हजार १० रहेको छ ।

हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तारका लागि पहल भइरहेको छ ।