२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा यती विमान दुर्घटनाको २ वटा शव भेटिएन अझै

अ+ अ-

काठमाडौँ। नेपालको आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको पोखरास्थित सेती नदी खोँचको विमान (यती एयरलाइन्सको एटीआर–७२) दुर्घटनामा परेका २ जना यात्रुको शव एक महिनासम्म पनि भेटिएको छैन।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। माघ १ गते आइतबार बिहान १०ः३२ बजे चालक दलका चार सदस्य र ६८ यात्रु लिएर विमान पोखराको लागि उडेको थियो । दुर्घटनामा १५ विदेशीसहित सबै ७२ जनाको मृत्यु भयो ।

दुर्घटनामा परेका यात्रुमध्ये २० जनाको शव उनका आफन्तले पोखरामै बुझे ।

त्यसको दुई दिनपछि ५० जनाको शव काठमाडौँ ल्याइयो र आफन्तलाई जिम्मा लगाउने प्रक्रिया सुरु भयो । तर, त्यसमध्ये पनि ६ जनाको शव पहिचान गर्न कठिन भएपछि डिएनए परीक्षण गरी आफन्तलाई बुझाइयो।

विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनाको शव आफन्तले बुझेर अन्तिम संस्कार समेत भइसक्यो ।

त्यसमध्येका १५ जना विदेशी नागरिकको शव पनि सम्बन्धित देशका मृतकका आफन्तले बुझेर लगिसके ।

तर, दुर्घटनामा परेकामध्ये पर्वतका ४० वर्षीय युवराज शर्मा र उनका ४ वर्षका छोरा बेबिन शर्माको शव भने अझै भेटिएको छैन।

दुर्घटनामा शर्माको आमा ६३ वर्षीय जमुना शर्मा र १३ वर्षीय छोरीको समेत मृत्यु भएको थियो।

दुर्घटना भएको जहाजमा शर्माको एकै परिवारका चार जनाको ज्यान गएको थियो ।