२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्येक महिनाको पहिलो साता संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्ता प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सवाल जवाफमा भाग लिनुपर्ने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ को दफा ५६ मा प्रधानमन्त्रीलाई सांसदहरूले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था गरिएको छ ।

“प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो घण्टा निर्धारण गर्नेछ,” दफा ५६ मा लेखिएको छ । यस्तै, यही दफामा “तर, उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो घण्टाको समयमा निर्धारण गरिनेछ” भन्ने उल्लेख गरिएको छ । 

प्रतिनिधिसभा नियमावली २०७५ मा भने पहिलो र तेस्रो हप्ताको पहिलो एक घण्टा भन्ने लेखिएको थियो ।

अघिल्लो संसद्को नियमावलीमा भने प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछ भन्ने लेखिएको थियो ।

अहिलेको नियमावलीले भने प्रश्नकर्ताको संख्या पनि वृद्धि गरेको छ । ५६ (५) मा प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था गरेको छ । जबकि, २०७५ को नियमवालीमा भने एक दिनको बैठकमा बढीमा १० जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् भन्ने लेखिएको छ ।