काठमाडौँ । क्षमादेवी ग्रुपले नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच क्षमादेवी ग्रुपका सञ्चालक निरञ्जन कृष्ण श्रेष्ठ तथा सोमानी टाइल्स डेपुटीका सुजित कुमार मोहन्टी र सञ्जीव रंजनले उद्घाटन गरेका हुन् ।
१६,४२८ वर्ग फिट क्षेत्रफलमा फैलिएको क्षमादेवी मार्टमा घर बनाउन आवश्यक किल्लादेखि चाबीसम्म पाइने मार्टकि सिइयो हेलेन घिमिरेले बताइन् । मार्टमा यूपीभीसी, सेनिटरी, फ्लोरिङ, किचन, टायल मार्बल, होम एप्लिकेन्स, पाइपलगायत पाइने जनाइएको छ । घर बनाउँदा चाहिने सम्पूर्ण बिल्डिङको सामग्री, इन्टेरियर र एक्सटेरियर सामान एकै छाना मुनि पाउनुको साथै मार्टमा प्रडक्ट एक्सपर्टद्वारा परामर्श सेवा पनि उपलब्ध रहेको पनि घिमिरेको भनाई छ ।
मार्टमा ३० भन्दा बढी ब्रान्ड ३००ं प्रडक्ट क्याटागोरी रहेको छ। घर बनाउँदा सामान किन्न विभिन्न ठाउँहरू धाउन पर्ने बाध्यता रहेको अहिलेको अवस्थामा ग्राहकको समय बचत गरी गुणस्तरीय निर्माण सामाग्री एकै ठाउँमा कम्पीटेटीभ मूल्यमा अफर गर्ने मुख्य उद्देश्य रहेको कम्पनीको भनाई छ ।
मार्ट उद्घाटनसँगै कम्पनीले टिकटक कन्टेस्टको पनि सुरुवात गरेको छ। जस अन्तरगत क्षमादेवी ग्रुपको जिंगलमा टिकटक बनाई प्रथम हुने १ जनालाई १ लाख, द्वितीय २ जनालाई ७५ हजार र तृतीय हुने ३ जनालाई ५० हजार रहेको कम्पनीले जनाएको छ ।







