२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा नमूना पशुपन्छी अस्पताल बनाइँदै

अ+ अ-

तनहुँ ।  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा ‘नमूना पशु अस्पताल’का काम तीव्ररुपमा भइरहेको छ । दमौलीमा पशु अस्पताल बनेपछि तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, नवलपरासीलगायतका आसपास क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने छन् । 

बहु वर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना छ । गण्डकी प्रदेश सरकारको कूल रु दश करोडको लागतमा उक्त अस्पताल भवन निर्माण गर्न लागिएको हो । निर्माणाधीन उक्त भवनको ५० प्रतिशत बढी काम भइसकेको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यान्वयन एकाइ कास्कीका इन्जिनियर शिव सुनारले जानकारी दिए । आगामी वर्ष पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

उनले भने, ‘पहिलो चरणमा ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो ।’ पहिलो चरणमा कास्की र तनहुँमा नमूना पशुपन्छी अस्पताल बन्न लागेको हुँदा पशुपालन कृषकले लामो दूरी धाएर भौतारिन पर्ने बाध्यताको अन्य हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालको भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपन्छीको उपचार गरिनेछ ।