२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा दोहोरो अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ ।

आजको कारोबारमा ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कले घटेर तीन सय ६३ दशमलव ९१ मा झरेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ३७ लाख ७७ हजार चार कित्ता शेयर रु एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौ सय २९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु नौ करोड १९ लाख ९८ हजार २४ बराबरको शेयर कारोबार भयो ।

त्यस्तै एनआइसी एसिया बैंकको रु आठ करोड २४ लाख ९५ हजार चार सय ९४, हिमालयन डिस्टिलरीको रु चार करोड ५० लाख ५५ हजार चार सय ८७, नविल बैंकको शेयर रु तीन करोड ६३ लाख ८७ हजार चार सय २५ र शिवम् सिमेन्टको रु तीन करोड ५५ लाख २७ हजार चार सय ६४ बराबरको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै सपोर्ट माइक्रो फाइनान्सको छ दशमलव ११, स्वाभिमान लघुवित्तको तीन दशमलव ६३ र इस्र्टन हाइड्रोपावरको तीन दशमलव १४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै आजको कारोबारमा बोट्लर्स नेपाल ९तराई०को सात दशमलव ६२, सानिमा ग्रोथ फण्डको पाँच दशमलव ८५, धौलागिरि लघुवित्तको पाँच दशमलव ३९, मानुषी लघुवित्तको पाँच दशमलव शून्य तीन र न्यादी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १४ प्रतिशतले घटेको छ ।