२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा ३ हजार ९ सय ९१ जना बालबालिकाहरूलाई खुत्रुके वितरण

अ+ अ-

डोटी । डोटीमा ३ हजार ९ सय ९१ जना बालबालिकाहरूलाई खुत्रुके वितरण गरिएको छ ।

समान पहुँच विकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत डोटीको आदर्श गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा रहेका ३ हजार ९ सय ९१ जना बालबालिकालाई खुत्रुके वितरण गरिएको हो ।

बालबालिकामा बचत गर्ने बानीको विकास गर्नुका साथै बालबालिकाहरूले आफूले पाएको रकम खुत्रुके मार्फत जम्मा गरी भविष्यमा आफूलाई आवश्यक परेको बेला प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले बालबालिकाहरूलाई खुत्रुके वितरण गरिएको सिड नेपाल द्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना कार्यक्रम संयोजक सुनिल जोशीले बताए ।

बालबालिकाहरूलाई खुत्रुके वितरण गरिनुका साथै अभिभावकहरूलाई बाल बचत, खुत्रुके र टुक्रे बचत, बाल बचतको प्रक्रिया, खुत्रुके बाल बचतको कार्यान्वयन बाल बचतको दिगोपना सम्बन्धी अभिमुखीकरण गरिएको समेत संयोजक जोशीले बताए ।

बालबालिकाहरूलाई खुत्रुकेमा बचत गर्ने बानीको विकास गराउँदा भविष्यमा आउने आर्थिक सटकलाई सहयोग पुग्ने आदर्श गाउँपालिका वडा नम्बर ४ का वडा सचिव गणेश ओझाले बताए ।

समान पहुँच विकास केन्द्रले बालबालिकारतलाई प्रत्यक्ष रूपमा संलग्न गरी कार्यक्रम गर्दा स्थानीय सरकारलाई पूर्ण रूपमा सहयोग पुगेको दिपायल सिलगढी नगरपालिकाकी नगर उप प्रमुख कलावती महर साउँदले बताइन् । समान पहुँच विकास केन्द्रलाई आवश्यक सहयोग गर्न तयार रहेको समेत नगर उप प्रमुख साउँदले बताइन् ।

समान पहुँच विकास केन्द्र (सिड नेपाल)ले वल्र्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत डोटीको आदर्श, सायल, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिका अन्तरगत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।