काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत)बीच आज एकता हुने भएको हो ।
नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।
नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बिचमा एकीकरण घोषणा सभा हुदैँछ ।