२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व रकम हिनामिना गरेको आरोपमा पोखरेलसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।  

आयोगले मालपोत कार्यालय, पर्सामा आ.व.२०७२/२०७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विभिन्न मितिमा जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायबमोजिमका कर्मचारीहरूलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख पोखरेलले मालपोत कार्यालय पर्सामा दैनिक लिखत रजिस्ट्रेसन पारित हुँदा राजस्व बापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरी आ.व. २०७२/२०७३ को निजको कार्यकालमा सङ्कलन भएको राजस्व रकममध्ये ९३ लाख ६६ हजार २०९ राजस्व हिनामिना गरेको आरोपत्रमा उल्लेख गरिएको छ ।

यस्तै मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माले मालपोत कार्यालय पर्सामा दैनिक लिखत रजिस्ट्रेसन पारित हुँदा राजस्वबापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरी आ.व.२०७२/०७३ को निजको कार्यकालमा सङ्कलन भएको राजस्व रकममध्ये एक लाख ४१ हजार ८२५ रुपैयाँ राजस्व हिनामिना गरेको हुँदा सो रकम रकमको दोब्बर जरिवाना मागदावी गरिएको छ ।

यस्तै तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ताले सङ्कलन भएको राजस्व रकममध्ये ९५ लाख आठ हजार चौतिस रुपैयाँ राजश्व रकम हिनामिना कसुरमा दोब्बर जरिवाना मागदावी गर्दै मुद्दा दायर गरिएको छ । यस्तै कार्यालयका तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीले सङ्कलन भएको राजस्व रकममध्ये ९५ लाख आठ हजार ३४ रुपैयाँ हिनामिना गर्नमा प्रतिवादी मदनप्रसाद गुप्तालाई मद्दत पुर्‍याएको देखिएकाले सो रकमको दोब्बर जरिवाना मागदावी गर्दै मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।