९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी आयोजना अलपत्र

अ+ अ-

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका-९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।

ठेकेदार कम्पनी मृत सञ्जीवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलो पटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ ।

अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत मात्र भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए । ‘लिफ्टिङ प्रविधिबाट निर्माण गर्न लागिएको यो आयोजना तीन किलोमिटर टाढा रहेको ढिकुरे रहबाट पानी तानेर वितरण गर्ने गरी सुरु गरिएको हो’, उनले भने, ‘रिजर्भ ट्याङ्कीसहित चार वटा ट्याङ्की निर्माण गर्ने गरी आयोजनाको लागत अनुमान छ । ट्याङ्की निर्माणको काम भने अहिले उपभोक्ता समितिमार्फत पहिले नै बनेकाले पछिल्लो बजेटबाट पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका काम गर्ने गरी सम्झौता भएको थियो ।’

प्रमुख पौडेलले ठेकेदार कम्पनीले पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणको काम मात्र सम्पन्न गरेको बताए । ‘काम सम्पन्न गरेअनुसार कार्यालयले अहिलेसम्म ठेकेदार कम्पनीलाई ? एक करोड ३० लाख भुक्तानी गरिसकेको छ’, उनले भने, ‘त्यसबाहेक ११ लाख ठेकेदार कम्पनीले पेश्कीस्वरुप बुझिसकेको छ ।’ प्रमुख पौडेलले अझै नियमित काम गरे असार मसान्तसम्म काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताए ।

‘कार्यालयका तर्फबाट हप्तामा एक पटक फोन गरेर पनि काम समयमा सम्पन्न गर्न भनेका छौँ’, उनले भने, ‘टेलिफोनमा मात्र नभएर दुई पटकसम्म त लिखित रूपमा पनि पत्र पठाइसकिएको छ ।’

आयोजना निर्माण सम्पन्न भए कार्यालयले आवश्यक विद्युतीकरणका लागि ठेक्का लगाउने तयारी गरिरहेको प्रमुख पौडेलले बताए ।

आयोजनाबाट पँधेरा गाउँ, खोलापारि, माथिल्लो आरु बोटे, डाँडा गाउँलगायतका क्षेत्रका करिब दुई हजार तीन सय ७७ घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्य रहेको थियो ।

ठेकेदार कम्पनी नाना जेभीले भने कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ भएको दाबी गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस