काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
