काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो ।
कोषमा रिक्त रहेका पदहरूमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको हो ।
कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
अनलाइन मार्फत आवेदन दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना :
